Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि

corona-1596796766.jpg

मकवानपुरमा शुक्रबार एकजना प्रहरी कर्मचारीसहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बिहीबार १० जनामा संक्रमण पुष्टि भएको थियो ।

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा भएको परीक्षणमा भीमफेदीका ४० वर्षका पुरुष, हेटौंडा-५ का ५५ वर्षका पुरुष, हेटौंडा-८ का ४० वर्षका पुरुष, हेटौंडा-९ का ५८ वर्षका पुरुष, हेटौंडा-६ का ३२ वर्षीया महिला र ४० वर्षका एकजना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।


कोरोना पुष्टि भएकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको र संक्रमण पुष्टि भएकालाई हेटौंडा आइसोलेसन वार्डमा राखिएको मकवानपुरका प्रमुख जिल्ला अघिकारी दिपकराज नेपालले बताए ।

पछिल्लो समय कोरोना संक्रमित बढ्दै जानुले मकवानपुर कोरोनाको नयाँ हटस्पट बन्ने खतरा बढेको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर प्रविण श्रेष्ठले बताए ।

पछिल्लो तीन दिनमा सदरमुकाम हेटौंडासहित मकवानपुरका गाउँपालिकामा गरी १६ जनामा संक्रमण देखिएको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले बताए । उनका अनुसार हेटौंडामा कोरोना संक्रमण देखिएका ३० जना डिस्चार्ज भएर घर फर्किसकेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०