Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा अहिले सम्मकै धेरै थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

corona-1-1602549133.png

मकवानपुर जिल्लामा अहिले सम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राती अबेर सार्वजनिक तथ्याङकमा विहान एकै दिन १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मकवानपुरका विभीन्न स्थानीय तह मध्यमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा रहेको र त्यसमा पनि हेटौंडा ४ मा धेरै संक्रमित पुष्टि भएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए ।

बिहान रिपोर्ट अनुसार ४८ महिला र ७७ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज २५ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको  परीक्षणमा १२५  जनामा कोरोना पुष्टि भएको  जनाईएको छ।

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०