Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरबाट ठुलो परिमाणकाे गाँजा बरामद

ganja-1601615666.jpg

शुक्रबार प्रहरीले मकवानपुरबाट ठुलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ९ ढुङ्गेन नजिकै भित्री बाटोको छेउ खोल्सीमा लुकाई छिपाई राखेको अवस्थामा ९ बोरा गाँजा बरामद गरेको हो । 

९ बोरामा १८ वटा बण्डलमा २ सय २९ किलो गाँजा लुकाएर राखिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए । 

उक्त गाँजामा संलग्नहरुको खोजिकार्य भैरहेको समेत प्रहरीले बताएको  छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif