nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरगढीमा किसान सूचीकरण शुरु

lllll-1624981538.jpg

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा किसान सूचीकरण शुरु भएको छ । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले एक कार्यक्रमका बीच किसान सूचीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

मकवानपुरगढी गाउँपालिकाको वडा न १ देखि वडा न ८ सम्म  प्रत्येक वडामा १/१ जनालाई  किसान सूचीकरण सफ्टवेयर प्रणाली संचालनसम्बन्धी तालिम दिई किसान सूचीकरणको कार्य शुभारम्भ गरिएको हो ।

गाउँपालिकाका किसानहरुले आआफ्नो वडा कार्यालयमा सम्पर्क राखी सहजकर्तामार्फत् किसान सूचीकरण प्रणालीमा आवद्व हुन सकिने कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । इन्टरनेट चलाउन सक्ने किसानहरुले स्वयम् पनि किसान सूचीकरण सफ्टवेयर प्रणाली farmer.moald.gov.np मा गई आवद्व हुन सकिने उनले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)