Tuesday, 18th August, 2026
वि.स.

मकवानपुरगढीमा किसान सूचीकरण शुरु

lllll-1624981538.jpg

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा किसान सूचीकरण शुरु भएको छ । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले एक कार्यक्रमका बीच किसान सूचीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

मकवानपुरगढी गाउँपालिकाको वडा न १ देखि वडा न ८ सम्म  प्रत्येक वडामा १/१ जनालाई  किसान सूचीकरण सफ्टवेयर प्रणाली संचालनसम्बन्धी तालिम दिई किसान सूचीकरणको कार्य शुभारम्भ गरिएको हो ।

गाउँपालिकाका किसानहरुले आआफ्नो वडा कार्यालयमा सम्पर्क राखी सहजकर्तामार्फत् किसान सूचीकरण प्रणालीमा आवद्व हुन सकिने कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । इन्टरनेट चलाउन सक्ने किसानहरुले स्वयम् पनि किसान सूचीकरण सफ्टवेयर प्रणाली farmer.moald.gov.np मा गई आवद्व हुन सकिने उनले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif