Sunday, 3rd December, 2023
वि.स.

मकवानपुरको हात्तिसुडेमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

accident-durghatana-bike-1669800825.jpg

मकवानपुरको बकैयाँ गाउँपालिका वडा नम्बर–५ हात्तिसुडेमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । हेटौंडा–धरानचतरा सडकखण्ड अन्तरगत हात्तिसुडेमा मोटरसाइकल दुर्घटनामा परि  एक जनाको मृत्यु भएको हो ।

बकैयाँको हात्तिसुडेबाट श्रीपुर तर्फ जादै गरेको प्रदेश २ ०३०१८ प २५५७ नम्बरको मोटरसाइकल आफै दुर्घटना हुँदा बकैयाँ ५ श्रीपुर बस्ने २८ वर्षिय श्याम लामाको मृत्यु भएको हो ।

गएराती १० बजे मोटरसाइकल अनियन्त्रित भई सडकको नालिमा खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लामा दुर्घटनामा घाईते भई उपचारको लागी चुरेहिल अस्पताल हेटौडामा ल्याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







FB_IMG_1698053305963-1698053848.jpg
ad-krishi-2080-7-13-1699104104.jpg