Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नै प्रहरी राख्दै

manahari-1606383479.jpg

मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नै प्रहरी राख्ने भएको छ । गाउँपालिकाभित्र आन्तरिक सुरक्षाको अवस्था सुधारका लागि गाउँपालिकाले संविधानअनुसार आफ्नो अधिकारलाई प्रयोग गर्दै करार सेवामा प्रहरी नियुक्तिको प्रकृया सुरु गरेको हो ।

मकवानपुरका ८ गाउँपालिका मध्ये मनहरीले पहिलोपटक आफ्नै प्रहरी भर्नाको प्रकृया सुरु गरेको हो । गाउँपालिकालाई आवश्यक परेका बेला प्रहरी उपलब्ध नहुने समस्या समाधानका लागि गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्राप्त अधिकारको प्रयोग गर्दै नगर प्रहरी भर्ना गर्न लागेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि करार सेवामा प्रहरी नियुक्ति गर्नका लागि आवेदन माग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले बताउनुभयो । चालु आवमा प्रहरी कमाण्डर १ जना र प्रहरी जवान ४ जना नियुक्तिका लागि गाउँपालिकाले दरखास्त माग गरेको छ । १८ बर्ष पूरा भई ४५ बर्ष ननाघेका व्यक्तिबाट दरखास्त लिई परीक्षा लिएर नियुक्ति गरिने अधिकृत चौलागाईंले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif