Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरको पालुङ घर बताउने पुरुष धादिङबेसीमा अलपत्र !

Harayako-1601219103.jpg

धादिङ जिल्ला सदरमुकाम धादिङबेशीमा थाहानगरको पालुङ घर बताउने एक पुरुष फेला परेका छन् । उनी अलपत्र अवस्थामा सडक क्षेत्रमै रहेका छन् । 

करिब डेढ महिनादेखि धादिङबेसी बजारमा देखा परेका यि पुरुषले घर पालुङ बताउने गरेको धादिङबेसीमा रहेका पत्रकार केशव अधिकारीले जानकारी दिए । करिब २५/३० वर्षका जस्तो देखिने पुरुष आफ्नो नाम दिपेश बताउँछन् । 

खासै धेरै बोलचाल नगर्ने ति पुरुष मानसिक सन्तुलन गुमाए जस्तो पनि देखिने स्थानीयहरु बताउँछन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif