Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरको पालुङमा पहिलो पटक 'सालक' भेटियो

मकवानपुर थाहा नगरपालिकामा दुर्लभ सालक फेला परेको छ । थाहा नगरपालिका वडा नम्बर २ खाल्डे बजार नजिकैको नालामा १४ असार साँझ सालक फेला परेको स्थानीय सुशान्त ढकालले जानकारी दिए । यस क्षेत्रमा हालसम्म सालक पाइएको थिएन । ‘क्लाइमेट चेन्ज’संगै यस क्षेत्रमा पनि सालक पाइएको हुनसक्ने अनुमान छ । 

नालामा भेटिएको सालकको स्थानीयहरुले उद्धार गरेर इलाका प्रहरी कार्यालय पालुङमा बुझाएका छन् । भेटिएको सालक कुन जातको भन्ने कसैले चिनेनन् । सालकको आहारा कमिला तथा धमिरालगायतका किरा भएकाले उक्त सालक आहारको खोजीमा निस्किएको हुनसक्ने स्थानीइहरुको अनुमान छ । 

यसको अवैध सिकारसमेत हुने गरेको छ । सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढी सिकार गर्ने गरेको बताइन्छ । यस प्रकारको प्रजाति समुद्र सतहदेखि एक हजारदेखि दुई हजार २०० मिटरसम्मको उचाइमा पाइने यससिंग सम्बन्धीत जानकारहरु बताउँछन् । 

उद्वार गरिएको सालकलाई १५ असारमा जनप्रतिनीधि, पत्रकार, वन कार्यालयका प्रतिनीधिसहितको सहभागितामा सुरक्षित स्थानमा छोडिने बताइएको छ । विश्वमा पाइने आठ जातिका सालकमध्ये नेपालमा कालो सालक (अतिसङ्कटापन्न) र तामे सालक (लोपोन्मुख) गरी दुई जातिका सालक पाइन्छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif