Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरको थाहानगरमा नेपालकै पहिलो पटक कृषि विज्ञान केन्द्र उद्घाटन

मकवानपुरको थाहा नगरपालिकामा नेपालमै पहिलो पटक कृषि विज्ञान केन्द्रका उद्घाटन गरिएको छ । थाहा नगरपालिका वडा नम्बर १ झम्केश्वरीमा कृषि वन विज्ञान विश्व विद्यालयका रजिष्टार प्राध्यापक डाक्टर मनराज कोलक्ष्यपतिले केन्द्य्रको उद्घाटन गरेका हुन् । 

केन्द्रको २७ जेठमा उद्घाटन गर्दै डाक्टर कोलक्ष्यपतिले विज्ञान केन्द्रलाई आंगिक क्याम्पसको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । कार्यक्रममा मकवानपुर २ क्षेत्रमा सांसद सुभाषचन्द्र ठकुरीले थाहानगरमा केन्द्रको स्थापना हुनु यहाँको किसानहरुका लागि ठूलो सहयोग भएको बताए । कृषि विज्ञान केन्द्रमा किसानहरुको समस्याको अनुसन्धान, कृषि बालीमा लाग्ने रोग, किरालगायतको अनुसन्धान गरी प्राप्त उपलब्धीलाई प्रयोगमा समेत ल्याउने गरी कार्य हुने कृषि संकायका कृषि प्रसार तथा ग्रामिण समाजशास्त्र विभिाग प्रमुख प्राध्यापक रामहरि तिमल्सिनाले बताए । यस किसिमको अभ्यास अमेरिका लगायतका विकशित देशमा भएको भएपनि नेपालमा पहिलो पटक विज्ञान केन्द्र स्थापना गरेर शुरु गरिएको तिमल्सिनाले बताए । 

कार्यक्रममा वन विज्ञान संकायका डीन बलराम भट्ट, पशु विज्ञान, पशु चिकित्सा र मत्स्य वित्रान संकायका डीन प्राध्यापक शारदा थपलिया, कृषि संकायका डीन जयप्रकाश दत्त, परीक्षा नियन्त्रक नारायणराज जोशी, योजना निर्देशक डाक्टर अर्जुनकुमार श्रेष्ठ लगायतकाको उपस्थिती रहेको थियो । विज्ञान केन्द्रमा २७ जेठबाटै कर्मचारी राखेर सेवा सुचारु ग्रिएको छ । 
 



Agro-News-1497546435.jpg