Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरको थप एकजनामा कोरोना पुष्टि

test-1592730922.jpg

मकवानपुरको थप एकजना महिलामा कोरोना पुष्टि भएको छ । कुबेतबाट नेपाल आएका तीनजना मकवानपुरे महिलामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा दुईजना मकवानपुरको महिला भनेको भएपनि त्यो संख्या ३ जना रहेको तथ्य खुलेको छ ।

कोरोना संक्रमित महिलाहरु मकवानपुरको बागमती गाउँपालिका, मनहरी गाउँपालिका तथा राक्सीराङ गाउँपालिकाको रहेको मकवानपुरमा रहेको कोरोना आइसोलेसन वार्ड हेटौँडाका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।

उनीहरुलाई कुबेतबाट आउनेवित्तिकै कुपनटोलको स्टाफ कलेजको क्वारेन्टाईनमा राखिएको र कोरोना पुष्टि भएपछि उनीहरुलाई पाटन अस्पतालमा राखिएको चौँलागाईको भनाई रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif