Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरको तीन वटा वनस्पति उद्यानमा ६५० प्रजातिका वनस्पतिहरुको वंशाणु स्रोत संरक्षित

banaspati-1606541232.jpg

मकवानपुर जिल्लामा रहेको तीन वटा वनस्पति उद्यानहरुमा ६ सय ५० प्रजातिका वनस्पतिहरुको वंशाणु स्रोत संरक्षित रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको वनस्पति अनुसंधान केन्द्र, मकवानपुरको थाहा नगरपालिकाको दामन र टिष्टुङमा रहेको वनस्पति उद्यानहरुमा ६ सय ५० प्रजातिका वनस्पतिहरुको वंशाणु स्रोत संरक्षित रहेका हुन् ।

बिभीन्न किसीमका अध्ययन, अनुसंधान, प्रविधि विकास तथा प्रवद्र्धन गर्ने उदेस्यले यस संस्थाको स्थापना गरिएको वनस्पति अनुसंधान केन्द्र, मकवानपुरका प्रमुख रघुराम पराजुलीले जानकारी दिए ।

वनस्पति विभाग अन्तरगत देशैभर जम्मा ११ वटा मध्य मकवानपुरमा मात्र तीन वटा रहेको उनले वताए ।

यसैगरी वनस्पति अनुसंधान केन्दको हाता भित्र विभीन्न जडीबुटीका नर्सरी रहेका छन् । यस नर्सरीमा हर्रो, बर्रो, अमला, तेजपात, श्रखण्ड, सुगन्ध, अर्जुना, चिउरी, कट्टर, वयरका विरुवाहरु रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif