Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरको कोरोना संक्रमित महिला हेटौंडा अस्पतालबाट रिफर गरिएको

Nepaljung-lab-1590212255.jpg

 हेटौंडा ४ हुप्राचौर घर भएकी ५४ वर्षिय महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको खुल्न आएको छ । हिजो स्वास्थ्य तथा जनसख्या मन्त्रालयलय हेटौंडा ३ की महिला भने पनि हेटौंडा ४ हुप्राचौरमा घर भएर स्थायी रुपमा यहाँनै वस्दै आउनुभएकी महिलामा कोरोना भाइरस देखापरेको खुल्न आएको हो ।

स्वाथ्य मन्त्रालयलय ठेगाना गलत भनेको वताउँदै बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाइले ती महलिा हेटौंडा ४ हुप्राचौर निवासी रहेको वताउनुभयो । अहिले डाक्टरहरु सहितको छलफलबाट कन्ट्रायक ट्रेसिङको काम सुरु भएको उहाँले वताउनुभयो । ६ दिन अगाडी हेटौंडा अस्पतालमा मुटुको समस्या कारण उपचार गरेर यहाँबाट टिचिङ अस्पतालमा रिफर गरिएको थियो । ६ दिन अगाडी परिवार सहित काठमाण्डौमा उपचार गराइरहनु भएकी महिलामा हिजो कोरोना भाइरस पुष्टी भएको र काठमाण्डौ र हेटौंडामा समेत उहाँसंग सम्पर्कमा रहनुभएकाहरुसंग खोजी कार्यभइरहेको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास प्रस्वासमा समेत समस्या आएका कारण उहाँलाई काठमाण्डौंमा रिफर गरिएको थियो । उहाँलाई उपचार गर्ने डाक्टर, सँम्पर्कमा रहेका व्यक्ति, घर परिवारको समेत पीसीआर गर्ने तयारी थालिएको छ । अव आफुहरुपनि क्वारेन्टीनमा वस्न लागेको डाक्टर श्रेष्ठले वताउनुभयो । कोरोना संक्रमित भनिएका परिवारसंग पटक पटकको प्रयासबाट समेत सम्पर्क हुन सकेन ।५४ वर्षिय महिलाको काठमाण्डौको शिक्षण अस्पतालमा गम्भिर अवस्थामा उपचार भइरहेको छ । मुटुको चालमा गडबढी आई ६ दिनअघि शिक्षण अस्पताल ल्याइएकोमा हिजो मात्र उहाँलाई कोरोना पुष्टि भएको हो । लकडाउनको समयमा हेटौंडा घर ओहोर दोहोर गरेको र कोको संग भेट भएको विषयमा खोजी भइरहेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाइले वताउनुभयो ।

त्रिवि चिकित्साशास्त्र अध्ययान संस्थान आइओएम स्थित मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयू आइशोलेसनमा उपचार भइरहेको स्रोतले जानकारी दिएको छ । महिलालाई कोरोना पुष्टि भएपछि सीसीयू आइसोलेसन वार्ड सिल गरिएको छ । अहिलेपनि कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको स्रोतले जनाएको छ ।

अस्पतालमा अहिले पनि छलफल जारी छ। कोरोना संक्रमीत बिरामिलाइ गणेशमान भबनमा सार्ने तयारी भइरहेको छ । बिरामी ६ दिनदेखी भर्ना भएको हुनाले अधिकाश चिकित्सक तथा नर्सहरु सम्पर्कमा आएको हुन सक्ने वताइएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०