Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरको कालिकाटार र नामटारका किसानलाई ट्याक्टर  वितरण

जीविकोपार्जन पुर्नस्थान परियोजना अन्तर्गत मकवानपुरको कालीकाटार र नामटारका किसानहरुलाई नारी सिप सृजना केन्द्र मकवानपुरले हाते ट्याक्टर बितरण गरेको छ । 

नारी सिप सृजना केन्द्र मकवानपुर र अक्सफाम नेपालको आर्थिक सहयोगमा नामटार, भार्ता, र कालीकाटारका किशानहरुलाई खेति गर्न सहज होस भन्ने उद्धेश्यले १७ चैत्रमा एक कार्यक्रमकाबीच  कालीकाटारमा तीन वटा र नाम्टारमा तीन वटा ट्याक्टर बितरण गरीएको हो ।

नारी शिप सृजना केन्द्रले ट्याक्टर बितरण गर्दा त्यस क्षेत्रका कृषकहरु ज्यादै भएका थिए । कार्यक्रममा नारी शिप सृजना केन्द्रकी अध्यक्ष उमा सुबेदी, जिल्ला कृषि कार्यालय मकवानपुरका प्रमुख निर्मल गदाल, जिल्ला पशु सेवा केन्द्र मकवानपुरका प्रमुख राम प्रकाश प्रधान, जिल्ला समन्वय समिती मकवानपुरका सामाजीक बिकाश अधिकृत रामकृष्ण थापा, महिला तथा बालबालीका कार्यालयकि महिला बिकाश अधिकृत शोभा शाह, गैर सहकारी संस्था माहासंघ मकवानपुरकि कुमारी वाईवा, फोकल पर्सन कल्पना बिक लगायतकाको उपस्थिती रहेको थियो ।