Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरको एक जना कोरोना संक्रमण मुक्त

issolation-1596696294.jpg

मकवानपुरको हेटौंडा उपमहानगरपािलका वडा नम्बर १३ का एक वृद्ध कोरोना संक्रमण मुक्त भएका छन् ।

हेटौंडास्थित आइसोलेशन वार्डमा उपचार गराइरहेका हेटौंडा–१३ रामन्थलीका ६० वर्षीय वृद्ध एक हप्तामै संक्रमण मुक्त भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए ।
साउदी अरबबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका ती वृद्धलाई गत साउन १३ गते किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण मुक्त भएका उनलाई आज नै आइसोलेशन वार्डबाट डिस्चार्ज गरिने स्वास्थ्य अधिकृत चौलागाईले बताए ।आजसम्म उक्त आईसोलेसन वार्डमा सेवा लिनेको संख्या ३७ जना पुगेको छ । जसमध्ये २७ जना डिस्चार्ज भइसकेको छन् भने हाल १० जना उपचाररत छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif