Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरकी ७ वर्षीया बालिका बेच्‍न खोजेको आरोपमा महिला पक्राउ

arrest-1592630847.jpg

हेटौंडाकी ७ वर्षीया बालिकालाई भारत लगेर बेचबिखन गर्न खोजेको भन्दै मकवानपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । भारत विहार बस्ने १९ की रानी भन्ने ज्योति चौधरीलाई प्रहरीले हेटौंडा–१५ पशुपतिनगरबाट बिहीबार पक्राउ गरेको हो ।
चौधरीले प्रदेश ३–०३–००१ ह ००६१ नम्बरको अटोमा बारा जीतपुर हुँदै बालिकालाई भारत लैजान खोजेको मकवानपुर प्रहरीले जनाएको छ ।

पशुपतिनगरस्थित पूर्वपश्चिम सडकखण्डबाट चौधरीलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । चौधरीलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
 इकान्तिपुरबाट ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०