Saturday, 4th July, 2026
वि.स.

मकवानपुरकी थप एक महिलाको कोरोनाको कारण मृत्यु

corona-death-1599215893.jpg

कारोना संक्रमणको कारण हेटौंडाकी थप एक महिलाको मृत्यु भएको छ ।चितवन मेडिकल कलेज भरतपुरमा उपचारत हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ की ५२ वर्षीयाको मृत्यु भएको हो ।

निमोनिया भएर भदौ १० गते अस्पताल भर्ना भएकी उनमा ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।अस्पतालको आईसीयूमा उपचारको क्रममा उनको शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो संगै मकवानपुरका कोरोनाको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृत्यु हुने सबै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०