Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरका ८८ पत्रकारको दुर्घटना बीमा

नेपाल पत्रकार महासंघको मकवानपुर शाखामा आबद्ध ८८ जना साधरण सदस्यहरुको सामुहिक दुर्घटना बीमा गरिएको छ ।

महासंघ मकवानपुर शाखाको कार्य समिति बैठकको निर्णय अनुसार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. हेटौँडा शाखासँग १२ मंसीरमा जनही एक लाख रुपैयाँको कुल ८८ लाख रुपैयाँ बीमा रकम रहने गरी बिमा सम्झौता गरिएको हो । अन्य थप हुने सदस्यहरुको पनि बिमा गरिने महासंघले जनाएको छ । झण्झटिलो प्रक्रियाका कारण सरकारले गर्ने बीमामा धेरै सदस्यहरु छुटेकाले महासंघले सदस्यहरुको तत्काल हुने क्षतिबाट राहत पाउन निःशुल्क बीमा गरेको हो ।

महासंघ मकवानपुर शाखाका उपाध्यक्ष गिरिजा अधिकारी र कम्पनीका शाखा प्रमुख अर्जुन सुवेदीले बीमाका कागजपत्रहरु आदनप्रदान गरे ।