Thursday, 20th August, 2026
वि.स.

मकवानपुरका स्थानीय तहमा प्राविधिक कर्मचारी भर्ना गर्न बाटो खुल्यो

कर्मचारी समायोजनपछीको समयमा पनि प्राविधिक कर्मचारी अभाव भएपछि मकवानपुरका स्थानीय तहलेहरुले करारमा प्राविधिक कर्मचारीहरु भर्ना गर्ने निणय गरेका छन् । जिल्ला समन्वय समिति मकवानपुरको बैठकले यो निर्णय गरेको हो ।

२५ चैतमा जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा स्थानीय तह समन्वय समितिको बैठकले जिल्लाका सबै १० वटै स्थानीय तहका लागि बाटो खुलाएको हो । यद्यपि मकवानपुर थाहा नगरपालिकाले भने गत असारमै प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि बनाइ कार्यान्वयनमा ल्याइ सकेको थियो । हरेक महिनाको २५ गते बस्ने नियमित बैठक सोमबार मकवानपुरगढी गाउँपालिकामा बसेको थियो । जिल्लाका १० वटै स्थानीय तहले एक महिनामा गरेका उपलब्धी एवम् समस्या लगायतका बारेमा एक अर्का बिच अनुभव आदान प्रदान गर्ने उद्श्यले जिससले हरेक महिना बैठक आयोजना गर्दै आएको छ । यस अघि जिल्ला समन्वय समितिमै बस्ने गरेको नियमित बैठक यो पटक गढी गाउँपालिकामा अवस्थित ऐतिहासिक मकवानपुरगढी दरबारमा बसेको हो ।

स्थानीय तहहरुले बिशेषगरि अहिले स्थानीय तहहरुमा कर्मचारी अभावको समस्या रहेको बताएका छन । उनिहरुले सबै कर्मचारी संघ र प्रदेशमा समायोजन भएकोले स्थानीय तहमा अहिले कर्मचारीको व्यापक अभाव रहेको बताएका छन । कर्मचारी अभावमा सोचे अनुसारको काम गर्न नसकिएको उनिहरुको भनाई रहेको थियो । बैठकमा मवानपुरका १० वटै स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बैठक बसेको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०