Tuesday, 18th August, 2026
वि.स.

मकवानपुरका सांसद सिंहद्वारा आँखा अस्पताललाई १० लाख

dipak-sigh-1723358331.jpg

मकवानपुरका संघीय सांसद दीपकबहादुर सिंहले आफ्नो तलबबाट प्राप्त भएको रकममा थप गरी १० लाख रुपैयाँ हेटौंडा सामुदायिक आँखा अस्पताललाई सहयोग गरेका छन् ।

मकवानपुर निर्वाचन १ का सांसद एवं पूर्वाधार विकास समितिका सभापति सिंहले सांसद तलबबाट प्राप्त भएको रकममा केही थप गरी ९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँको चेक मंगलबार तीलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक एवं वरिष्ठ नेत्र विशेषज्ञ डा। सन्दुक रुइतलाई हस्तान्तरण गरेका हुन् ।

चेक बुझ्दै डा। रुइतले सांसद सिंहले उपलब्ध गराएको रकम सीमान्तकृत समुदायको आँखाको ज्योति फर्काउने कार्यमा प्रयोग गर्ने जानकारी दिए । हेटौंडा सामुदायिक आँखा अस्पतालको सभाहलमा आयोजित एक कार्यक्रममा सांसद सिंहले आफूले निर्वाचनका बेला घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धता पूरा गर्ने क्रममा सामुदायिक आँखा अस्पताललाई उक्त रकम सहयोग गरेको बताए ।निर्वाचनमा सिंहले आफूले पाउने तलबभत्ता जनताका निम्ति प्रयोग गर्ने बताएका थिए ।

हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक एवं तीलगंगा आँखा अस्पतालका निर्देशक सिद्धिलाल श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा डा। सुनील थकालीलगायतले बोलेका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif