Sunday, 16th August, 2026
वि.स.

मकवानपुरका महर्जन चलचित्र विकास वोर्डको सदस्यमा नियुक्त

मकवानपुरका चलचत्रिकर्मी, निर्मता नरेन्द्र महर्जन चलचित्र विकास वोर्डको सदस्यमा नियुक्त भएका छन् । महर्जन दोश्रो पटक सदस्यमा निर्वाचित भएका हुन् । चलचित्र विकास वोर्डको रिक्त दुई जना सदस्यहरुमा हेटौँडाका नरेन्द्र महर्जन तथा चलचित्र निर्देशक दयाराम दाहाल मनोनित गरेको हो । 

महर्जन र दाहाललाई मन्त्रिपरिषद बैठकले सदस्य पदमा नियुक्ती गरेको हो । दुई दशकभन्दालामो समयदेखि चलचित्र निर्माण, प्रदर्शन र वितरणमा सक्रिय महर्जनले चलचित्र क्षेत्रको विकासमा यस अघि पनि सदस्य भएरकाम गरेको र आगामी दिनमा पनि सकृयता देखाउने बताएकाछन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०