Wednesday, 19th August, 2026
वि.स.

मकवानपुरका भीम परियारसहित ५५ कर्मचारी सम्मानित

BB-jee-1536315932.jpg

मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियार सम्मानित भएका छन् । १५ औँ निजामति सेवा दिवसको अवसरमा परियारसहित देशभरका ५५ जना निजामति कर्मचारी सम्मानित भएका हुन् । 

दिवसका अवसरमा २२ भाद्रमा सिंहदरबार परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको हो ।

‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराकासाथ आयोजना गरिएको कार्यक्रममा २५ जनालाई उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कारको घोषणा गरिएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif