Saturday, 22nd August, 2026
वि.स.

मकवानपुरका प्रमुख जिल्ला अधिकारी जाेशी सरूवा भए

DAO-1575427156.jpg

मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी सहित छ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर भएकाछन् । गृह मन्त्रालयले मकवानपुरमा तीन महिना अघी पठाएको प्रमुख जिल्ला अधिकारी जोसीको चितवन महाँनगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा सरुवा गरिएको हो ।

सरुवा हुनु भएका जोशीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले खादा र फुल लगाएर विदायी गरे । विदायी कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहित सबै महासाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । 

गृहमन्त्रालयका अनुसार पर्साका सीडीओ नारायणप्रसाद भट्टराई चितवन र चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्सा सरुवा भएका छन् । भक्तपुरका सीडीओ नारायणप्रसाद भट्ट मकवानपुर सरुवा भएर आउनुहुने भएका छन् । गृह मन्त्रालयककी सहसचिव हुमकला पाण्डे भक्तपुरको सीडीओमा सरुवा भएकी छिन् । 

लमजुङका सीडीओ डा डिजन भट्टराई अध्यागमन विभागमा र अध्यागमन विभागका लक्ष्मणबहादुर खड्का लमजुङको सीडीओमा सरुवा भएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif