Friday, 3rd July, 2026
वि.स.

मकवानपुरका पत्रकार दाहाल राससबाट पुरस्कृत

Ripesss-1582041545.jpg

मकवानपुरका पत्रकार रिपेश दाहाल बागमती प्रदेशबाट रासस वर्ष सर्वोत्कृष्ट  भएका छन् । 

पत्रकार दाहालले राष्ट्रिय समाचार समिति (रासस) को प्रदेशस्तरको पुरस्कार प्राप्त गरेका हुन्  । राससले प्रदेशभरबाट उत्कृष्ट घोषणा गर्दै पुरस्कार उनलाई दिन लागेको हो । राससको ५९ औँ वार्षिकोत्सवका अबसरमा ७ फागुनमा पुरस्कार प्रदान गरिने राससले जनाएको छ । हेटौंडामा करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील दाहाल विशेष गरी रेडियो पत्रकारितामा क्रियाशील हुँदै आएका भएपनि समाचार लेखन तथा सम्पादनमा दख्खल राख्छन् ।  

यस्तै रासस प्रदेश नं १ मा भोजपुर समाचारदाता युवराज विष्ट, २ नंमा महोत्तरीका सञ्जीतकुमार मण्डल, गण्डकी प्रदेशमा जमुनावर्षा शर्मा, ५ नंमा परासीका मोहन पौडेल, कर्णाली प्रदेशमा जाजरकोटका हेमन्त केसी र सुदूरपश्चिममा डोटीका विमलबहादुर विष्ट पुरस्कृत भएका छन्  । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०