Thursday, 20th August, 2026
वि.स.

मकवानपुरका नेवार गुठी संगठित

Guthi-Khala-1561942798.jpg

नेवार समुदायका खलः, पुचः र गुठीहरुको प्रतिनिधिको भेलाले नेवाः गुठी खलः गठन गरिएको छ । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको भेलाले अनिल खड्गीको अध्यक्षतामा २१ सदस्सीय तदर्थ समिति गठन गरिएको हो ।

उपाध्यक्षमा बिष्णुलाल श्रेष्ठ, रामकुमार मानन्धर र मेनका श्रेष्ठ रहेको समितिको महासचिवमा शुक्रराज जोशी, सचिवमा बिष्णुकुमारी श्रेष्ठ, कोषाध्यक्षमा बिष्णु श्रेष्ठ र सहकोषाध्यक्षमा भुवन जोशी रहेका छन् । त्यस्तै, सदस्यहरुमा कृष्णबहादुर नगरकोटी, रामशरण बलामी, भीम श्रेष्ठ, अम्बिका देउला, चन्द्र शाही, रुपक बज्राचार्य, भुवन जोशी, केशब नकर्मी, धर्मलाल राजथला, कृष्ण महर्जन, रुपक कर्माचार्य र गणेश मानन्धर रहेका छन् ।

कार्यक्रममा नेवाः देय् दबुः मकवानपुरका निवर्तमान अध्यक्ष देवप्रसाद श्रेष्ठ, नेवाः साँस्कृतिक पुचः मकवानपुरका अध्यक्ष बिष्णुगोपाल महर्जन, अधिवक्ता रामकृष्ण देउला लगायतको आतिथ्य रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif