Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरका थप ८ जनामा कोरोना संक्रमण पुष्टि

positive-1599457286.jpg

चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा मकवानपुरका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।उक्त प्रयोगशालामा भदौ १९ र २० गते संकलित स्वाबको परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा मकवानपुरको हेटौंडाका ६ जना, मनहरीका १ जना र बकैयाका १ जना गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा–३ का २८ वर्षीय एक पुरुष, हेटौंडा–५ का २८, ३१ र ३३ वर्षीय ३ पुरुष, हेटौंडा–८ का २६ वर्षीय एक पुरुष र ३२ वर्षीया एक महिला, मनहरी गाउँपालिका–६ की ८६ वर्षीया महिला र बकैयाँ–६ का ३३ वर्षीय एक पुरुष रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif