Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरका थप एक पुरुषमा कोरोना संक्रमण पुष्टि

corona-1596095299.jpg

 मकवानपुरका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा जिल्लाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि हुने व्यक्ति बागमती गाउँपालिका वडा नम्बर २ माझगाउँका रहेका छन् । ९ दिनअघि साउदीअरबबाट आएका उनी बागमती गाउँपालिकास्थित जनता माविको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

सक्रमित पुरुषको अवस्था सामान्य रहेको स्वास्थ्य अधिकृत चौलागाईले बताए । उनका अनुसार, बुधबार हेटौंडास्थित आइसोलेशनबाट ३४ जनाको स्वाब संकलन गरी उक्त प्रयोगशालामा पठाइएकोमा १ जनाको रिपोर्ट कोरोना पोजेटिभ हो । 

यो सँगै मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमित व्यक्तिको संख्या ४७ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म २४ जना संक्रमण मुक्त भई डिस्चार्ज भइसकेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०