Wednesday, 26th August, 2026
वि.स.

मकवानपुमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

corona-Update-1603711020.jpg

मकवानपुरमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कार्तिक ९ गते लिईएको ५५ जनाको स्वाब परीक्षणमा आज थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १८ जना,मनहरी गाउँपालिलकाका ५ जना र मकवानपुरगढी गाउँपालिकाका एक जना गरी २४ जना रहेका छन् ।

मकवानपुरमा आज बिहान पनि ६ जनामा संक्रमण पुष्टि भएको थियो ।  यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेहरुको संख्या २ हजार ८ सय २८ जना पुगेका छन् । जसमा १ हजार ८ सय ३७ जना संक्रमण मुक्त भएका छन् ।

मकवानपुरमा हालसम्म कोराना संक्रमणको कारण २३ जनाले ज्यान गुमाएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif