Monday, 17th August, 2026
वि.स.

कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट

12-exam-1603275161.jpg

 राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो ।

बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो । स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif