Saturday, 22nd August, 2026
वि.स.

भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारको निर्णय

ghr-farkidai-1586426254.jpg

 लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् । अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुर, विद्यार्थीहरु पनि गाउँ फर्किन चाहेका छन् तर लकडाउनका कारण रोकिएका छन् ।

भोलिका दिनमा दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या नआओस् भनेर पनि गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गर्ने निर्णय गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार लामो दुरीको रुटमा सरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृहमन्त्रालयले योजना बनाउँदैछ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

ghr-farkidai-1586426254.jpg






Thaha-002-1774415222.gif