Tuesday, 18th August, 2026
वि.स.

भोलिबाट हेटौंडा बजार बन्द, आन्दोलन सशक्त पारिने
२५ मिटर सडक विस्तार प्रकरण

सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौडा बजार सडक खण्डमा २५ मीटर भित्र पर्ने निजी सम्पत्तिको मुआब्जा नदिई सडक विस्तार गर्न लागेपछि हेटौडाको स्थिति तनावपूर्ण रहेको छ । 
राज्यलाई हाल सम्म पनि नियमानुसार मालपोत कर तिर्दै आएको तथा मालपोत कार्यालयबाट खरीदबिक्री समेत हुदै आएकोले ती जग्गा निजी सम्पत्ति रहेकोले राज्यले लिनुपर्दा क्षतिपूर्ति मुआब्जा दिनु पर्ने हेटौडा बसोबास संरक्षण समितिको भनाई रहेको छ ।  
विरोधमा मकवानपुर क्षेत्र नंम्बर ३ का साँसद अनन्त पौडेल, उद्योगी, व्यवसायी, घरधनी लगायत विभिन्न राजनैतिक पार्टीका जिल्ला स्तरीय नेताहरुको सहभागिता रहेको छ । नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर ३ का सांसद अनन्त पौडेलले मुआब्जा नदिई व्यक्तिगत संरचना राज्यले भत्काउन लागे हेटौडा रक्तपातपूर्ण हुने चेतावनी दिएका छन् । यसै क्रममा सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय प्रशासन कार्यालयसँग मुआब्जाको विषयमा गरिएको छलफल विना निष्कर्ष सकिएपछि भोलिबाट बजार बन्द गरी आन्दोलन गरिने हेटौडा बसोबास संरक्षण समितिले जनाएको छ । 
केही दिन अघिबाट सडक डिभिजन कार्यालयले २५ मीटर भित्र पर्ने सरकारी स्वामित्वका भौतिक संरचना भत्काई सकेको छ भने, निजी घर टहरा मंगलबार विहानैबाट भत्काउन थालेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif