nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भोजपुर बजारमा भीषण आगलागी, अागाे नियन्त्रण बाहिर

पूर्वी पहाडी जिल्ला भोजपुरको सदरमुकामा भोजपुर बजारमा आइतवार अपरान्ह भीषण आगलागी भएको छ ।आइतवार अपरान्ह पौने पाँच बजेबाट बजारको चारभञ्ज्याङ नजिकैको मिलन ज्वेलर्स रहेको घरबाट अागालागी सुरू भएकाे  हाे ।

आगलागी शुरु भएको केही बेरमै पाँचवटा घर जलिसके जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएकाे छ। कच्ची तथा पुराना घरहरु लहरै जोडिएको स्थानमा बिजुली सर्ट भएर सुरु भएको आगो तीब्र गतिमा फैलिइरहेको छ । 

स्थानीयबासी, सेना र प्रहरीको अागाे नियन्त्रणकाे प्रयास गरिरहेकाे छन् । अागाे नियन्त्रण लिनका लागि भोजपुर नगरपालिकाको वारुण यन्त्र पनि घटनास्थलमा पुगिसकेको  छ ।

प्राय सबै घरमा ग्यास सिलिन्डर रहेकाले आगो नियन्त्रणमा समस्या भएको छ । ग्यास सिलिन्डर पड्किरहेकाले आगो नियन्त्रण गर्न घटनास्थलमा जान पनि समस्या भएको छ ।

घर-घरमा ग्यास सिलिन्डर रहेकोले आगो नियन्त्रणको लागि कठिनाइ भएको उद्धारमा खटिएका प्रहरीले जनाएका छन् ।  भौतिक क्षति  कति भयो भन्ने  तथ्याङ्क आइसकेको छैन ।

-नयाँपेजबाट