Wednesday, 19th August, 2026
वि.स.

भूकम्पपीडितको दोस्रो किस्ता नरोकिने

पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित लाभग्राहीहरूलाई दोस्रो किस्ताको रकम वितरण नरोक्न मातहतका सरकारी निकायलाई निर्देशन दिएको छ । यसअघि प्राधिकरणको निर्देशक समितिको बैठकले दोस्रो किस्ता लिने समयसीमा असार मसान्तसम्म तोकेको थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० युवराज भुसाल बर्खास्तीमा परी नयाँ नियुक्त नभएकाले साउन लागेपछि दोस्रो किस्ता वितरण रोकिएको थियो । ‘केही जिल्लामा दोस्रो किस्ता वितरणमा अन्योल बढेको समाचार आएपछि प्राधिकरणले किस्ताका लागि सिफारिस तथा निरीक्षण नरोक्न परिपत्र गरेको हो,’ उक्त अन्योलबारे स्पष्ट पार्दै प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘पहिलो किस्ता लिई मापदण्डअनुसार घर बनाउन सुरु गरेका लाभग्राहीले दोस्रो किस्ताका लागि आवेदन दिएमा निरीक्षण गरी सिफारिस जारी राख्न भनिसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘समयअवधिकै कारण कुनै द्विविधा नमानी घर पुनर्निर्माण जारी राख्न लाभग्राहीहरूलाई आग्रह गरिएको छ ।’

गत चैत २० मा प्रधानमन्त्री तथा प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले २०७५ असार मसान्तसम्म दोस्रो र २०७५ पुस मसान्तसम्म तेस्रो किस्ता लिने अन्तिम समय तोकेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif