Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भुकम्प प्रभावित गुम्बा बिहार निर्माणमा ढिलासुस्ती, संघर्ष समिति आन्दोलनमा

२०७२ साल बैशाख १२ र २९ गतेको महा बिनाशकारी भूकम्पपछि धरासयी भएका गुम्बा तथा बिहारको पूनर्निमाणमा संवन्धित निकायले कार्यविधि नै परिवर्तन गरेर तोकिएको बजेट समेत नदिएपछि देशभर संघर्ष समिति मार्फत आन्दोलन भईरहेको छ । कार्य विधि नै परिवर्तन गरेर दुःख दिने नियत नै देखाएपछि  मकवानपुरमा गठित ‘भुकम्प प्रभावित गुम्बा बिहार संघर्ष समिति मकवानपुरल १० भाद्रमा पत्रकार महासंघको हल हेटौँडामा कार्यक्रम गर्दै प्रेश विज्ञप्ति जारी गरेको छ ।

समितिले गुम्बा बिहार समितिले बजेट विनियोजन गरेको ९ सय ९३ वटै गुम्बाको पुननिर्माण कार्य तुरुन्तै सुरु गर्न र हाल जारी गरिएको नयाँ कार्यविधिलाई खारेज गर्न माग गरेको छ । आर्थिक वर्ष २०७३–०७४ को विनियोजित बजेट अनुसार योजनालाई तुरुन्तै निरन्तरता दिन, छुटफुट भएका गुम्बा बिहारहरुलाई पुननिर्माण कार्यमा समावेश गर्न, गुम्बा पुननिर्माण गर्दा भौतिक संरचना अन्तर्गत मुर्ति, आर्ट तथा थान्का समेतलाई समावेश गर्न पनि समितिले माग गरेको छ ।

त्यस्तै बौद्ध दर्शन सम्बन्धि ज्ञान भएका व्यक्तित्वलाई मात्र कार्यकारिणी निर्देशकको जिम्मा दिन, पुननिर्माण कार्य बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा बिहार मार्फत नै निर्माण कार्य गर्न, तयार भइसकेको नक्साङ्कन डिजाईन ईष्टमेटलाई नै मान्यता प्रदान गर्न, नक्साङ्कन गर्न ३ सय ५० वटा गुम्बालाई गुम्बा बिकास समितिबाट नै व्यवस्था मिलाउन तथा नेपाली भूमिमा प्रवद्र्धन भएको बौद्ध दर्शनको आस्था प्रतिको गुम्बा बिहारलाई नेपाल सरकार र सम्बन्धित निकायले गम्भिरतापूर्वक ग्रहण गर्न पनि आग्रह गरिएको छ ।

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहतमा रहेको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले पुननिर्माणको जिम्मा लिएपछि पुनर्निमाण्को कार्य अगाडि बढाउने भन्दै सम्बन्धित गुम्बालाई नक्साङ्कन गरे वापत प्राविधिकलाई १ प्रतिशत रकम जम्मा गर्न लगाइएको र रकम जम्मा गरिसक्दा पनि बजेट निकासा योजना कटौती गरी झन पिडीत बनाइएको संघर्ष समिति मकवानपुरका संयोजक निरु थिङले बताए ।

गुम्बा विकास समितिले अहिले भूकम्प पूननिर्माण प्राधिकरणलाई गुम्बा निर्माणको जिम्मा दिएपछि कार्यविधि नै परिवर्तन भएकोले संघर्षमा उत्रिनु परेको संघर्ष समिति मकवानपुरका सचिव सुवास लामाले जानकारी दिए । २५ जिल्लामा अहिले यसको विरुद्ध संघर्ष समिति गठन भएको छ । समितिका अनुसार मकवानपुरका १ सय ११ वटा गुम्बाले राहतका लागि निवदेन दिए पनि ७९ वटा गुम्बालाई मात्र यो रकम निकासा हुने भएको थियो जुन अहिले रोकिएको छ । सचिव लामाका अनुसार मकवानपुरबाट मात्रै १ प्रतिशतका दरले करिब ३९ लाख ५० हजार रकम प्राविधिक खर्चका लागि बुझाइएको छ । गुम्बा पूननिर्माणका लागि २७ करोड २० लाख २५ हजार बजेट छुटाइएको थियो ।

संघर्ष समिति मकवानपुरको आज प्रेश मिट गर्नु अघि बसेको बैठकले भदौ १५ गते जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला समन्वय समिति मकवानपुर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०