Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

भीमफेदी कारागारबाट फरार रहेका धामी पक्राउ

karagar-1596350892.jpg

भीमफेदी कारागारबाट ९ महिना अघि फरार रहेका २५ वर्षिय कुलदिपराज धामीलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरीे भीमफेदी कारागार पठाइएको छ ।

कर्तव्य ज्यानको मुद्धामा २० वर्ष कैद तोकिएका धामी २०७६ साल कार्तिक ३० गते कारागारबाट फरार भएका थिए । फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले नवलपरासीको देउचुली नगरपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिए ।

सुनसरी जिल्ला साविकको बकुलौरी गाबिस वडा नम्बर ४ घरभइ हाल सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ वस्दै आएका वस्ने धामीले स्थानीय २१ वर्षिय रोजिन गुरुङलाई हत्या गरेका थिए । त्यही अपराधमा २० वर्ष कैद सजाय तोकिएकोमा कारागारबाट फरार रहेका धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारि दिएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०