Wednesday, 19th August, 2026
वि.स.

भीमफेदीमा १ हजार १८० मतदाता थपिए

मकवानपुरको भीमफेदी गाउँपालिकामा फोटो सहित थप मतदाता नाममवली संकलन कार्य सकिएको छ । निर्वाचन आयोगको कार्यक्रम अनुसार भएको मतदाता नामावली संकलन कार्यको गाउँपालीका अध्यक्ष हिदम लामाले मतदाता नाम संकलन कक्ष अनुगमन गरी सो बारे जानकारी लिएका थिए । 

फोटो सहित मतदाता संकलन शिविरका सहयोगी सामाजीक परिचालिका इच्छामायां मोक्तानले दिएको जानकारी अनुसार मिति २०७४ श्रावण १६ गते बाट संचालन भएको फोटो सहित थप मतदाता नाममवली संकलन कार्य मिति २०७४ भाद्र ३ गते समाप्त भएको हो । यस अवधिमा भीमफेदी गाउँपालीकामा हजार १ सय अससी मतदाता थपिएका छन् ।

भीमफेदीमा पांच सय एकहत्तर महिला र छ सय नौ पुरुष मतदाता थपिएका हुन् ।

-सुरेन्द्र थिके/भीमफेदी









Thaha-002-1774415222.gif