Wednesday, 19th August, 2026
वि.स.

भीमफेदीमा लोडर पल्टियो, चालकको मृत्यु

death-1620875609.jpg

मकवानपुरको भीमफेदी गाउँपालिकामा बाटो सम्याउँदै गरेको लोडर पल्टिदा चालकको मृत्यु भएको छ ।

गएराति राति १० बजे भीमफेदी-३ कैलाशडाँडा ऐनाभिरमा लोडर पल्टिदा चालक सोही वडा बस्ने अन्दाजी २५ वर्षीय राजेन्द्र घलानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमाल जानकारी दिए । उनका अनुसार हेटौंडा सिमेन्टको खानीबाट राजमार्ग तर्फ जाने बाटो सम्याउदै गरेको अनटेष्ट लोडर पल्टिएको हो ।

हाल प्रहरी घटनास्थल तर्फ गईरहेको र थप अनुसन्धान भइरहेको प्रवक्ता रिमालको भनाई छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif