Monday, 17th August, 2026
वि.स.

भीमफेदीमा मनाइयो स्वयंसेविका दिवस

१३ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मकवानपुरको भीमफेदीमा २० मंसीरमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । भीमफेदीमा महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान बारे छलफल, सफलताको कथा सुनाउने तथा थप प्रोत्साहनका लागि सरोकारवालालाई उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

प्राथमिक स्वास्थ केन्द्र भीमफेदीले गाउँ विकास समितिका सचिव तथा प्राथमिक स्वासथ्य केन्द्र सहयोग समिति अध्यक्ष बद्री सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका सदस्य सुरेन्द्र थिके, मुकुन्द उपाध्याय, जब्बर सिं वाईबा तथा सदस्य सचिव डाक्टर विजय खनाल र कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा भीमफेदी गाविसका उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाहरु क्रमशः प्रथम गीता सापकोटा, द्वितीय बुनु सापकोटा र तृतीय लीला थापालाई प्रमाणपत्र र नगद प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रम अतिथी र महिला स्वयम्सेविका संयोजक सुकुमायाँ मोक्तानको अध्यक्षतामा भएको सो कार्यक्रममा अन्तरक्रिया समेत भएको थियो । 

सुरेन्द्रराज थिके/भीमफेदी



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif