Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

भीमफेदीमा फुटबलः १२ गोल गर्दै भीम आधार विजयी

बिश्व बाल अधिकार दिवसको साप्ताहिक कार्यक्रम अन्तरगत १०  भदौमा भीम आधार सामुदायिक स्कुल भीमफेदीले कक्षा ५ सम्मका बालबालीका बिच सेभेन ए साइड फुटबल खेल प्रतियोगिता भएको छ । प्रतियोगितामा भीम आधार सामुदायिक स्कुलले महेन्द्र सरस्वती नि.मा.बि.लाई ३ को विरुद्ध ६ गोल गरी प्रथम स्थान हासिल गरेको छ ।

भीम आधार सामुदायिक स्कुलले महालक्ष्मी मा.बि. लाई ० को बिरुद्ध १२ गोलले पराजीत गरेको थियो ।प्रतियोगितामा महेन्द्र उच्च मा.बि. भीमफेदी, महेन्द्र सरस्वती नि.मा.बि. धोरसिङ र महालक्ष्मी मा.बि. सुपिङ र भीमआधार सामुदायीक स्कुलको सहभागीता रहेको थियो । गाउँ खेलकुद विकास समिति भीमफेदीका अध्यक्ष जहारसिं लामाको प्रमुख आतिथ्य तथा गाउंँ विकास समितिका सचिब बद्रीी सापकोटाको बिशेष आतीथ्यमा कार्यक्रम आयोजना भएको थियो । 

कार्यक्रममा इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक बासुदेब थापा, नेपाली कांग्रेसका सभापती जब्बर सिं लामा, नेकपा एमाले भीमफेदी अध्यक्ष मंगला देबी श्रेष्ठ, नेकपा माओबादी केन्द्रका सचिब रंजित राना, राप्रपा अध्यक्ष प्रमोद लाल श्रेष्ठ, प्राथमिक स्वास्थ केन्द्र प्रमुख डा. रीचन बास्तोला, सामाजिक मेल मिलाप केन्द्रका संयोजक गोपाल पनेरु, मण्डल देबी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष नमराज थापा, वडा नागरीक मञ्च ३ नं. संयोजक मोहन थापाको उपस्थित रहेको थियो । 

बिजयी खेलाडी लाइ प्रमुख अतीथि गाउँ खेलकुद बिकास समिति भीमफेदीको अध्यक्ष जहार सिं लामाले पुरस्कार वितरण गरेका थिए ।
सुरेन्द्र थिंके/भीमफेदी