Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भीमफेदीमा तीज बिशेष कार्यक्रम हुने

ऐतिहासिक पर्यटकीय क्षेत्र भीमफेदी गाउँपालिका वडा नंम्बर ६ मा भीमफेदीको सकृय नागरीकको सहभागितामा ८ भाद्रमा तिज बिशेष लोक संस्कृतिक गीत तथा नृत्य कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रममा प्रख्यात लोक दोहरी गायक नमराज घोरासैनी, सर्मिला श्रेष्ठ लगायत हास्य कलाकार राजन चौलागाईको बेजोड प्रस्तुती रहने कलाकार समन्वय संयोजक राज कुमार सितानले बताए ।

कार्यक्रममा महिला जागृत बचत तथा ऋण सहकारी र चण्डेश्वरी बचत तथा ऋण सहकारीको पन्ध्रसय भन्दा बढी महिलाको उपस्थित रहने कार्यक्रम संयोजक उर्मिला लामा (शिकारी)बताइन् । 

कार्यक्रमको सम्पुर्ण तयारी सकेको र कार्यक्रम भीमफेदी गाउँपालिकाको सुक्ष्म सभा गृह प्राङ्गणमा बिहान ९ बजे देखी दिउसो २ बजे सम्म हुने आर्थिक संयोजक सोम बहादुर घलान बताए । प्रचार प्रसार संयोजक इश्वरमान श्रेष्ठले कार्यक्रममा भीमफेदी वडा नंम्बर ५, ६ र निकट वडा ४ समेतको उपस्थित रहने जानकारी दिए ।  आबशयक साउण्ड सिस्टम को जिम्मेवारी तथार भइ सकेको तथा प्रत्यक्ष बाजामा लोक सांस्कृतकि गीतको अनुभुती दिन नसके पनि ट्रयाक संगीतमा दर्शकलाई भरपुर मनो रञ्जन प्रदान गराउने तथा दर्शक लाइ नचाउन सफल हुने बताइएको छ । 

सुरेन्द्र थिके/भीमफेदी