Monday, 17th August, 2026
वि.स.

भीमफेदीमा कार दुर्घटना दुईको मृत्यू

Accident-Photo-1479541262.jpg

काठमाडौबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ च ९२८९ नम्बरको कार भीमफेदी ८ जुरीखेतमा ४ मंसीरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 
सडकबाट ५ सय मीटर तल खसेर कार दुर्घटना भएको हो । दुर्घटनामा काठमाडौ ज्याठा बस्ने बर्ष ४० की अनुजा श्रेष्ठ र उनका दाजु ५० वर्षीय सरोज बैद्यको मृत्यु भएको हो । 

दुर्घटनामा घाईते १० वर्षीया बालिका आरजा श्रेष्ठ र उनका बुवा ४८ वर्षीय दिपक श्रेष्ठ, चालक चालक नुवाकोट दुई पीपलटार बस्ने दिपक भुजेलको हेटौंडाको चुरेहील अस्पतालमा उपचार भईरहेको मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेब गौतमले बताउनुभयो । तीब्र गतीमा रहेको कार मोडमा मोड्नेक्रममा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif