Tuesday, 18th August, 2026
वि.स.

भीमफेदीमा उद्घोषण कला प्रशिक्षण 

आदिवासी जनजाती महासंघ भीमफेदी गाउं इकाइले तिन दिने सबल नेतृत्व तथा उद्घोषण कला प्रशिक्षण गरेको छ । आदिबासी जनजाती महासंघ भीमफेदी गाउं इकाइ परषिदका अध्यक्ष रंजित रानाको अध्यक्षता तथा गाउं बिकास समितिका सहायक प्रबिण थापाको प्रमुख आतीथ्यमा सो प्रशिक्क्षण प्रदान गरेको हो । 

संचारकर्मी रीपेश दाहाल तथा सुरेन्द्र थीकेले प्रदान गरेको सबल नेतृत्व तथा उद्घोषण कला प्रशिक्षणमा महिला जागृति सहकारी, चण्डेश्वरी महिला ससहकारी, पैरबि महिला सञ्जाल,नबिन महिला समुह, अखील क्रान्तिकारी, भीमफेदी गायज गरी पन्ध्र जना जनजाती सहभागीले जनाएका थिए । 
कार्यक्रममा जनजाती महासंघ भीमफेदी गाउं इकाइले प्रदान गरेका आधारभुत कम्प्युटर तालीमका नौ जना जनजाती प्रशिक्षार्थीलाई तिन महिने कम्प्युटर तालीम प्रमाण पत्र, २०७२ मा प्रबेशिका परीक्षामा आउने जनजाती विद्यार्थीलाई सम्मान पत्र तथा मायांको चिनो प्रदान गर्नुका साथै सबल नेतृत्व तथा उद्घोषण कला प्रशिक्षार्थीर्लाइ प्रमाणपत्र बितरण गरिएको थियो ।

सुरेन्द्र थिंके, भीमफेदी
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif