Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भीमफेदीको भीमसेन जात्रालाई आर्थिक अभाव
'बजेट छ' : अध्यक्ष लामा

मकवानपुरको भीमफेदीमा मनाइने भिमसेन जात्रा बनाउनको लागि आर्थिक अभाव भएको छ । हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भीमसेन रथयात्रा र पूजा अचर्ना गरी बनाइने यो जात्राको लागि आर्थिक अभाव भएको हो । भिमसेन जात्राको अवसरमा भीमफेदी भोज समेत गर्ने चलन रहेको छ । 
यस वर्षको भिमसेन जाात्रा यहि श्रावण ३२ गते परेको छ । जात्राको तयारीका लागि ९ सदस्यीय जात्रा व्यवस्थापन समिति गठन गरेर व्यवस्थापन गरिने भएको छ । जात्राका लागि आर्थिक संकलन समिति, स्वयम सेवक तथा बिजुली समिति, बाजा समिति, सरसफाई तथा सांस्कृतिक समिति, प्रचार प्रसार समिति, मन्दिर व्यबस्थापन तथा बिजुली जडान समिति क्रियाशील हुने भएकाछन् । 

साविक भीमफेदी गाविसले वर्षेनी रु. ३५ हजार अनुदान गर्ने गरेको भएपनि रु. ८० हजार आवश्यक हुने भएकोले नपुग रकम भक्तजनबाट संकलन गर्ने गरिएको छ । यस वर्ष कुनै पहल नभएकोले पूर्व समितिले चिन्ता व्यक्त गरेको छ ।

यस्तो छ, जात्राको इतिहास 
भीमफेदीको नामाकरणको इतिहाससँग गाँसिएको भिमसेन मन्दिर पहिले चिसापानी गढी मुनि फेदी, पारी वजारमा थियो । वि.स. २०११ सालको वाढीले वगाई अलि तल ल्याई पुरिएको अवस्थामा फेला परे पछि मुर्तिलाई खनेर निकाल्न खोज्दा जति गहिरो खन्यो उति नै तल जाने भै निकाल्न नसकी त्यही खनिएको गहिराई वरीपरि सिंढी र पर्खाल बनाई मुर्ति भएको ठाउँमा मन्दिर बनाई राखिएको छ ।

उक्त ठाउँमा पछि बारी चल्तीमा आएको बजारमा नयाँ मन्दिर बनाई मुर्तिको प्रतिस्थापना गरि जात्रा संचालन गरिदै आएको हो । 

जात्राको लागि गाउँपालिकाको बजेट
भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले हरेक वर्ष भिमफेदीमा हुने ऐतिहासिक भिमसेन जात्राको लागि बजेट छुट्याइएको बताएका छन् । 

भिमफेदी गाउँपालिका अन्तर्गत हुने त्रिखण्डी जात्रा, कृष्ण जात्रा तथा भिमसेन जात्राको लागि भनेर बजेट छुटाइएको उल्लेख गरे ।

सुरेन्द्रराज थिके/भीमफेदी