Tuesday, 18th August, 2026
वि.स.

भीमफेदीको बन्दी सुधार गृहमा निःशुल्क स्वास्थ्य शिविर 

भीमफेदी गाउँपालिकामा अवस्थित क्षेत्रिय कारागार भीमफेदीमा नारी सिप श्रृजना केन्द्र मकवानपुरले ह्याण्डीक्याप इण्टरनेसनल सहित संस्थाको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिबिर सञ्चालन भएको छ ।

क्षेत्रिय कारागार भीमफेदीका प्रशासन प्रमुख जेलर मातृका प्रसाद दाहालको अध्यक्षता तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यमा औपचारीक कार्यक्रम सहित संञ्चालित कार्यक्रममा चुरे हिल अस्पतालका चिकित्सक प्राबधिक डाक्टर, छतिवन प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर तथा भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रका डाकटर लगायत भरतपुर मेडिकल कलेजबाट ओ.जे.टी.मा रहेका नर्स गरी १२ जनाको टोलीले तीन सय चौरासी बिमारीको स्वास्थ्य परीक्षण गरेको भीमफेदी गाउँपालिका स्वस्थ्य संयोजक ध्रुव लामिछानेले बताए । 

नारी शिप श्रृजना केन्द्र मकवानपुरका अध्यक्ष उमा सुबेदीको उपस्थितमा सञ्चालीत स्वस्थ्य शिबिरमा अधिकांश छाला रोगी तथा हाड जोर्नी रोगी भेटिएको तथा अति जोखिम रहेको एच आइ भी एडस र हेपाटायटिसका रोगी पनि उल्लेख्य रहेको जानकारी दिइएको छ । शिबिरमा निःशुल्क औषधि समेत बितरण गरिएको थियो । 

–सुरेन्द्रराज थिके/भिमफेदी



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif