Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

भिमफेदीमा ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम शुरू, गर्भवतीकाे निःशुल्क परिक्षण

Health-1601907990.jpg

मकवानपुरको भीमफेदी गाउँपालिकाको वडा न २ भैसेमा ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम तथा निशुल्क गर्भवती परिक्षण गरिएको छ ।
स्वास्थ शाखाको आयोजनामा कार्यक्रममा भएको हाे ।  १९ असोजमा वडा नं. २ का  महिला स्वास्थ्य स्वयमसेबिका बिच काेबिड-१९ राेकथाम तथा सरसफाई प्रबर्द्धन अभिमुखिकरण कार्यक्रम गरेकाे भीमफेदी गाउँपालिका स्वास्थ्य संयाेजक रामनाम थिङले जानकरी दिए । 

भीमफेदी गाउँपालिकाका स्वास्थ्य संयोजक रामनाम थिङका अनुसार मातृ–शिशु मुत्युदर न्यूनीकरण गर्ने उद्देश्यका साथ ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत सेवा सञ्चालनमा ल्याएको हो । आज पहिलो दिन भीमफेदी गाउँपालिका–२, भैंसेस्थित स्वास्थ्य चौकीमा गर्भपरीक्षण शिविरको आयोजना गरिएको छ । भैंसेमा आयोजना गरिएको भिडियो एक्सरे शिविरमा वडा नम्बर १, २ र ९ का २१ जना गर्भवती लाभान्वित भएको स्वास्थ्य संयोजक थिङले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले भोलि मंगलबार भीमफेदी–४, निबुवाटारस्थित स्वास्थ्यचौकीमा गर्भपरीक्षण शिविरको आयोजना गरेको छ । निबुवाटार स्वास्थ्य चौकीमा आयोजना गरिने शिविरबाट गाउँपालिकाको ४ र ५ नम्बर वडाका गर्भवती लाभान्वित हुने छन् ।  भीमफेदी प्राथमिक स्वास्थ केन्द्रका डा. सुनिल थापाले गाउँ गाउंमा पुगी गर्भबती महिलाहरूकाे अबस्था र सजगता अपनाउन कार्यक्रम मा सहभागी भएकाे बताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०