Tuesday, 25th August, 2026
वि.स.

भिमफेदीमा कोरोना संक्रमितको संख्या १९ पुग्यो

PIC-7-1599405597.jpg

मकवानपुरको भीमफेदी गाउँपालिकामा कोरोना संक्रिमित हुनेको संख्या १९ पुगेको छ । २१ भाद्रमा ४ जना संक्रमित थपिएसंगै स.क्रमितको संख्या १९ पुगेको गाउँपालिकाका स्वास्थ्य संयोजक रामनाम थिङले जानकारी दिए । 

२१ भाद्रमा थप भएका भीमफेदीका ४ जनामा ३ जना वडा नंबर ५ का र १ जना वडा नंबर ६ का रहेको स्वास्थ्य संयोजक थिङले बताए । पुष्टि हुनेमा वडा नंबर ५ की एक महिला र २ पुरुष रहेका छन् भने वडा नंबर ६ का एक पुरुष छन् । गएको भदौ १८ गते गरिएको स्वाब संकलनमा ४ जनामा कोरोना पुष्टि भएको हो ।

भिमफेदीमा हालसम्म ११ जना संक्रमित संक्रमण मुक्त भएर घर फर्किसकेको छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif