Tuesday, 18th August, 2026
वि.स.

भारी वर्षा १९ असार(शनिवार)सम्मै कायम रहने

IMG_20210626_092710-1625109158.jpg

थाहा नगरपालिकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । प्रदेश १, २, बागमती र गण्डकीमा १६ असार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ ।

मध्यमदेखि भारी वर्षा १९ असार शनिबारसम्मै कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा शनिबारसम्मै भारी वर्षा हुनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने केही कम पानी पर्ने महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ । पश्चिमी क्षेत्रमा पानी कम परे पनि मौसम भने देशैभर पूर्ण रुपमा बदली भएको महाशाखाले जनाएको छ ।

धेरै वर्षा हुने क्षेत्रमा बिहीबार, शुक्रबार र शनिबार चट्याङ पर्ने सम्भावना पनि रहेकोले सतर्क रहन आग्रह गरिएको छ । यी क्षेत्रमा भारी वर्षाका नदीको सतह बढ्ने, बाढीपहिरो आउनसक्ने सम्भावनासमेत रहेको भन्दै महाशाखाले सचेत गराएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif