Wednesday, 26th August, 2026
वि.स.

भारतमा बेचिन लागेका ३ किशोरीको उद्धार

kisori-1604555940.jpg

 बेचबिखनका लागि भारत लैजाने तयारी अनुसार धनगढी ल्याइएका तीन जना किशोरीहरुलाई उद्धार गरेको कैलाली प्रहरीले जनाएको छ ।

धनगढी बसपार्कमा रहेको न्यु बडी केदारमा राखिएका १७, १८ र १९ वर्षीया किशोरीहरुलाई गएराति उद्धार गरेको प्रहरीले जनाएको छ । किशोरीहरु दुई जना सर्लाहीका र एक जना सिन्धुलीका हुन् ।

त्रिनगर नाका हुँदै भारत पु¥याउन लागिएको सूचनाका आधारमा परिचालित टोलीले किशोरीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । उनीहरूलाई शान्ति पुनःस्थापना गृहको सेफ हाउसमा राखिएको छ ।

अनुसन्धानको लागि प्रहरीले होटेल सञ्चालक टेकेन्द्र बडैलासहित ४ जनालाई पक्राउ पनि गरेको जनाएको छ । ‘चार जना पक्राउ गरेका छन्,’ प्रवक्ता विष्टले भने, ‘उनीहरूलाई सर्लाही र सिन्धुलीबाट यहाँसम्म कसरी ल्याइयो भन्नेबारे पनि अनुसन्धान भइरहेको छ ।’



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif