Tuesday, 25th August, 2026
वि.स.

भारतमा बन्धक बनाइएकी नेपाली युवतीको उद्धार

yubati1-1602063963.jpg

जिल्ला प्रहरी कार्यालय बाँकेले किशोरी अपहरणमा संलग्न दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

भारतको उत्तरप्रदेश राज्यको गौतम बुद्ध नगर थाना बदालपुर दुजाना भन्ने ठाउँमा बन्धक बनाइ राखिएकी बर्दियाकी १७ वर्षीया किशोरीलाई उद्धार गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ९एसपी० ओमबहादुर रानाले जानकारी दिए।

प्रहरीले अपहरणमा संलग्न बर्दियाको बढैयाताल गाउँपालिका ७ का २१ वर्षीय मुकेश यादव र ५५ वर्षीय हरिराम अहिरलाई पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घटनामा संलग्न बढैयाताल ७ कै ३५ वर्षीय अगलेश यादव फरार रहेको प्रहरीले जनाएको छ ।

गएको साउन २ गते घरमा किशोरी एक्लै भएको र घरपरिवारका सदस्यहरु रोपाइँ गर्न खेतमा गएको मौका छोपी पीडित किशोरीलाई डर, त्रास देखाइ अपहरण गरी भारत पुर्‍याइएकोमा प्रहरीले भारतीय पक्षसँग समन्वय गरी अपहरणमुक्त गराएको हो ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif