Tuesday, 25th August, 2026
वि.स.

भान्जाको अपहरण गरी हत्या गर्ने आरोपी १३ वर्षपछि पक्राउ

arrest12-1595155532.jpg

आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने एकजना १३ वर्षपछि पक्राउ परेका छन् । महानगरिय अपराध महाशाखाको टोलीले भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेश कुमार गुप्तालाई पक्राउ गरेको हो ।

महाशाखाको टोलीले उनलाई सर्लाहीको मलंगवा ८ गोरखकाली भन्ने ठाउँबाट पक्राउ गरिएको महाशाखाका एसएसपी दीपक लामाले बताउनुभयो । अभियुक्तले २ लाख ५० हजार फिरौती मागेका थिए । पछि २ लाखमा कुरा मिलेको थियो । यद्यपी अभियुक्त आफैले फिरौतीबाफतको २ लाख रुपैयाँ त्रिभुवन पार्कमा लिएर गएको उनले बताए ।

शव व्यवस्थापनपछि छट मान्न जान्छु भनेर उनी भारत गएको र उतै बसेको उनले बताए । घटनामा संलग्न धादिङका विष्णु सुनारलाई प्रहरीले सोही वर्ष मंसिर १२ गते पक्राउ गरेको थियो । उनकै बयानका आधारमा गुप्ताको खोजीकार्य जारी रहेको थियो ।

वि.स. २०६४ साल असोज २४ गते खिचापोखरी बस्ने रोहित गुप्तालाई उनले अपहरण गरी हत्या गरेका थिए । शव ३ दिनपछि मात्रै फेला परेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif