Tuesday, 25th August, 2026
वि.स.

भागेका ४४ जनालाई फेरि क्‍वारेन्टाइनमा राखियो

123-1591957250.jpg

पर्साको धोबीनी गाउँपालिका(४ लङगडीस्थित विद्यालयको क्‍वारेन्टाइनबाट भागेका सबै जनालाई प्रहरीले नियन्त्रणमा लिएर फेरि क्‍वारेन्टाइनमा राखेको छ। लंगडीस्थित कालीप्रसाद लाखे माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा राखिएका ४४ जना एकै साथ बिहिबार राति क्‍वारेन्टाइनबाट भागेका थिए। त्यसको सुचना पाए लगत्तै इलाका प्रहरी कार्यालय पोखरिया र त्यस मातहतका प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले भागेकाहरुलाई गाउँ र घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएर फेरि फेरि क्‍वारेन्टाइनमा राखेको हो।

खबर पाए लगत्तै खटिएको प्रहरी टोलीले बिहिबार राति नै २२ जना र शुक्रबार बिहान २२ गरि भागेका सबै ४४ जनालाई नियन्त्रणमा लिएर फेरि क्‍वारेन्टाइनमा लगेर राखेको प्रहरी निरिक्षक चन्द्र सिंहले बताए। उनका अनुसार क्‍वारेन्टाइनबाट भागेकाहरु आफनो गाउँ र घरमा लुकेर बसेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। क्‍वारेन्टाइनमा सुरक्षा दिने जिम्मा प्रहरीको थिएन। गाउँपालिकाकै चोकीदारले सुरक्षा दिन्थेु प्रहरी निरिक्षक सिंहले भने ‘भागेको खबर आए लगत्तै प्रहरीले उनीहरुको गाउँमै पुगेर नियन्त्रणमा लिएको हो। भारतको दिल्ली, हरियाणा, पंजाब, केरलालगायतका स्थानबाट तीन हप्ता पहिले फर्किएका ४४ जनालाई धोबीनी गाउँपालिकाले लंगडीको विद्यालयको क्‍वारेन्टाइनमा राखेको थियो।

क्‍वारेन्टाइनमा २०/२२ दिनदेखि राखिएको भए पनि ५ दिन पहिले मात्रै स्वास्थ्यकर्मीले उनीहरुको स्वाब संकलन गरि पीसीआर जाँचका लागि नारायणी अस्पतालमा पठाएका थिए। स्वाबको रिपोर्ट अहिलेसम्म आएको छैन्। क्‍वारेन्टाइनमा २०/२२ दिन थुनेर राखिएको र पीसीआर जाँचको लागि स्वाब संकलन गरेको ५ दिन बितिसक्दा पनि रिपोर्ट नआएपछि क्‍वारेन्टाइनमा राखिएका सबै ४४ जना एकै साथ बिहिबार राति भागेका थिए। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif